नियम ६
उपभोक्ता शिक्षा बारे पाठ्यक्रममा समावेश गराउने
(१) उपभोक्तालाई उपभोग्य वस्तु वा सेवाको सम्बन्धमा सूचित गराउनको लागि के कस्तो उपभोग्य वस्तु वा सेवा उपभोग गर्न हुने र गुणस्तर नभएका उपभोग्य वस्तु वा सेवा प्रयोग गर्दा सो बाट पर्न सक्ने प्रभाव आदिका सम्बन्धमा जानकारी गराउनको लागि परिषद्ले उपभोक्ता शिक्षा सम्बन्धी आवश्यक शैक्षिक पाठ्यक्रम तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको पाठ्यक्रम मन्त्रालयले शिक्षा मन्त्रालयसँग समन्वय कायम गरी विभिन्न तहका विद्यालय तथा विश्व विद्यालयको पाठ्यक्रममा समावेश गराउन आवश्यक व्यवस्था गर्नेछ ।